पश्चिम राप्ती, कर्णाली र महाकाली नदी किनारमा बाढीको चेतावनी
काठमाण्डाै – पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।
तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । अहिले देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको छ ।
आज बेलुकीदेखि मौसम खुल्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताउ–ते चक्रवातको प्रभाव कम भए पनि प्रि-मनसुनको समय भएकाले दिउँसोपख पछि बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


