राष्ट्रपति कार्यालयले सांसदको हस्ताक्षर अध्ययन गर्दै, आज निर्णय हुने सम्भावना कम
काठमाण्डाै – नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले एक सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् ।
यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक सय ५३ जना सांसदको हस्ताक्षर बुझाउनुभएको छ । तर दुवै पक्षले बहुमत दाबी गरेपछि राष्ट्रपति कार्यालयले अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ । एमालेका केही सांसद र जसपाका केही सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् । दुवै पक्षले सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ ।
‘हामीले अध्ययन गर्नैपर्ने देखियो, केही सांसदको गुनासो आएको छ, आवश्यक परे कानुनी परामर्श र बाटो पनि लिन्छौँ’, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले उज्यालोसँग भन्नुभयो । कसकाे बहुमत जुट्यो भन्ने निर्णय आज आउने सम्भावना निकै कम रहेको ढकालको भनाइ छ ।
प्रतिपक्षी दलका नेताहरू पनि अहिले शीतल निवासबाट बाहिरिन थालेका छन् । प्रधानमन्त्री ओली यसअघि नै बाहिरिइ सक्नुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


