युरोपेली सङ्घले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड डोज खोप सहयोग गर्ने
काठमाण्डाै – युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताउनु भएको छ ।
विश्व स्वास्थ्य सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


