काेराेना सङ्क्रमणका कारण नेपाल प्रहरीका डीएसपी खरेलकाे ज्यान गयाे
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल प्रहरीका अर्का एक प्रहरी नायब उपरीक्षक (डीएसपी) काे ज्यान गएकाे छ । काेराेना सङ्क्रमणका कारण डीएसपी समिरचन्द्र खरेलको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत खरेलकाे उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा साेमवार (आज) ज्यान गएको हो ।
यसअघि गएको ६ गते कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


