सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो
काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


