पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : गोकर्ण विष्ट
काठमाण्डाै – नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत विष्टले भन्नुभएको छ, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’
उहाँले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गर्नुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


