काठमाण्डौ उपत्यकामा बिहानैदेखि कडाइ, २ सय ५० भन्दा धेरै गाडी होल्ड
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बिहानैदेखि कडाइ गरिएको छ । पास भएका गाडी तथा अत्यावश्यक सामान ओसारपसार गर्नेबाहेक अन्य गाडीलाई चलाउन दिइएको छैन ।
उपत्यकाका चोकचोकमा बिहानै प्रहरी खटिएका छन् । बिहान पास नबोकी हिँड्ने २ सय ५० भन्दा धेरै गाडीलाई प्रहरीले होल्ड गरेको छ । २ सय ३ वटा दुई पाङ्ग्रे गाडी, ४८ वटा चार पाङ्ग्रे, सात वटा ट्याक्सी र १५ वटा अन्य ठूला गाडी होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै, काम नपरि हिँड्ने मानिसलाई पनि होल्ड गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले नियम अटेरी गर्नेलाई कारबाही हुनेछ । काठमाण्डौ उपत्यकामा आजदेखि खाद्यान्नका पसलसमेत बन्द गरी कडाइ गरिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


