वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाण्डाै – वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताउनुभएकाे छ । 

उहाँले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रार्थना र कामनाले नेपाली सुगम सङ्गीतका धरोहर दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको बताउनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणपछि गायक श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।  

TOP