सामुदायिक रेडियो प्रसारक मञ्चद्धारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण
चितवन : कोरोना भाईरसको संक्रमण तिब्र फैलिरहेको अबस्थामा सामुदायिक रेडियो प्रसारक मञ्चले स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । चितवन नवलपुर क्षेत्रमा रहेका २० वटा भन्दा बढि रेडियोहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

अहिलेको कोरोना संक्रमणको अबस्थामा सबैभन्दा धेरै मार एफएम रेडियोहरूलाई परेको र कार्यरत पत्रकार पनि जोखिममा रहेको देखिएकोले जोखिम न्युनिकरण र रेडियोको हालको अबस्था बुझ्नका लागि रेडियोहरूमा पुगेको अकोराब नेपालका केन्द्रीय सदस्य नविनराज पौडेलले बताउनुभयो ।

स्वास्थ्य सामाग्री पुरानो मेडिकल कलेज चितवनको सहकार्यमा बितरण गरिएको हो । संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत पुरानो मेडिकल कलेजले चितवन नवलपुरमा रहेका रेडियोहरूलाई सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको पुरानो मेडिकल कलेजका मेनेजर दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य सामाग्री बितरण गर्दै चितवन नवलपुर प्रसारक मञ्चका संयोजक समेत रहेका पौडेलले कोभिडको यो समयमा रेडियोहरु धरासायी भएको बताउदै यसको सबलीकरणका लागि सरकारले सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो ।साथै स्वास्थ्य सामाग्री सहयोग गरेकोमा पुरानो मेडिकल कलेजलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


