आज पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने
काठमाण्डाै – आज देशका पहाडी भूभागमा मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोअस्तिको तुलनामा आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार अरु क्षेत्रको तुलनामा आज प्रदेश-१ का पहाडी र तराई क्षेत्रमा मौसम बद्लीको अवस्था छ ।
अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । आज राति पनि पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


