दाङमा झण्डै डेढ लाख रुपैयाँसहित जुवाको खालबाट ६ जना पक्राउ

दाङ – दाङमा करिब डेढ लाख रुपैयाँ नगदसहित जुवाको खालबाट ६ जना पक्राउ परेका छन् ।

शनिवार बेलुका घोराही उपमहानगरपालिका-१५ मा रहेकाे एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

उनीहरुलाई नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TOP