अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे
अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ ।
भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएकाे स्थानीय माधव घिमिरेले जानकारी दिनुभएकाे छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियाे ।
गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


