मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै
महाेत्तरी – विवाहित हिन्दु मैथिल नारीले आज बरसाइत अर्थात बटसावित्री पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाइन्छ । सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रतालुले सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको बट वृक्ष अर्थात बरको रुखको फेदमा व्रतालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गर्दै यो पर्व मनाउँछन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


