बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ
ललितपुर, ३ असार । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले वैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो बमोजिमको १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


