लोहोरौला स्मार्ट कृषि गाउँको सार्वजनिक सुनुवाई सम्पन्न
कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा रहेको लोहोरौला स्मार्ट कृषि गाउँको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको यसै वर्ष छनोटमा परेको उक्त गाउँले गरेको कामहरुको बारेमा जानकारी दिइएको छ ।
उक्त कार्यक्रमका अध्यक्ष ठिकराम चौधरीले कार्यक्रमको बारे जानकारी दिदै प्रदेश सरकार र स्थानियहरुको लगानिमा यसै वर्ष धेरै उपकरणहरु वितरण गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नुर महोमद मुसलमानले कृषकहरुले विभिन्न उपकरणहरु पाएको र यसले उत्पादनमा वृद्धि हुने बताउनुभयो ।
प्रदेश सरकारको छनोटमा परेको यस गाउँलाई कृषिको विभिन्न पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । अहिले यस कार्यक्रममा ५५ जना कृषकहरु आवद्ध रहेका छन् । यस वर्षको आयव्याय र आगामी वर्षको योजना समेत प्रस्तुत गरिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…




