युवा गाउँ पुगेपछि खनिए बाँझो खेत
डाेटी – डाेटीमा लामाे समयदेखि बाँझो रहेका जमिनमा यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । समयमै मनसुन सुरु भएका कारण डोटीमा यो वर्ष ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकोमा अहिलेसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रमा करिब धान रोपाइँ सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडा लगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ ।
प्रदेशका अन्य आठ जिल्लाहरु कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरि कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । यो प्रदेशमा अहिलेसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष असार १५ अघि नै प्रदेशभरिमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको बताउनुभयो ।
यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ । नेपालमा दुई जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउँदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ । यहाँका विभिन्न जिल्लामा अझै पनि धान रोपाइँ सुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ ।
जिल्लामा विशेषगरी असारको पहिलो हप्तादेखि साउनको अन्तिम हप्तासम्म रोपाइँ हुन्छ । रोपाइँको चहलपहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन् । जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


