सुनको मुल्यमा सामान्य बृद्धि
काठमाडौं, २४ असार । नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोलो ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज १ सयले सुनको मुल्य बढेको हो ।
त्यस्तै, तेजाबी सुनको मुल्य पनि बृद्धि भएको छ । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । आज चाँदीको मुल्य भने १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


