अधिनायकवाद विरुद्ध नेपाली जनताको जितः प्रकाशमान सिंह
काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संसद् पुनस्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको टिप्पणी गरेका छन् । नेता सिंहले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् ।
आज फेरि विधिको शासनको जित भएको नेता सिहंको भनाई छ । सिंहले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ । सर्बसत्ता बाद पराजित भएको छ ।’

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


