लागूऔषध सहित पक्राउ
असार । अवैध लागूऔषध सहित युवक बुढानिलकण्ठबाट पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २३ एम्पुल नुर्फिन र २३ एम्पुल फेनारगन सहित बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ३३ वर्षीय राजेश बराललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ७३६१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले झोलाभित्र लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


