चिनियाँ राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी यान्छीले भेटेकी हुन् ।
यान्छीले प्रधानमन्त्री बनेकोमा देउवालाई चीन सरकारका तर्फबाट बधाई दिएकी छिन् । देउवाले राजदूत यान्छीसँगको भेटमा दुई देशबीच अझ प्रगाढ सिम्बन्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।
देउवालाई यसअघि अमेरिकी राजदूत रेन्डी डब्लु बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई दिइसकेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


