सोमबार थप ३२ संक्रमितको मृत्यु
काठमाडौं, ४ साउन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ ।
आज १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको अनुसार २४ घन्टामा आज ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षणबाट २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


