सरकारमा पठाउने मन्त्रीबारे माओवादीले आज स्थायी कमिटी बैठकमा छलफल गर्दै
काठमाडौं, साउन ६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने छ ।
बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफलसमेत गरेका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


