लामो दूरीका सार्वजनिक सवारी आजबाट खुला
काठमाडौं, साउन ९ । वैशाख १६ गतेदेखि निषेधाज्ञा संगै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् ।
विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय भएको हो ।
यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठकाडौंको अनुरोध छ ।
यसै गरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि साउन १० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
साथै गृहमन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


