भारतीय नोट सहित २ जना पक्राउ
मोरङ,१० साउन । अवैध भारतीय नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट अवैध रुपमा ल्याउँदै गरेको भारतीय नोट सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश लखनउ बस्ने ३४ वर्षीय अतुल कुमार र सोही ठाउँ बस्ने ३५ वर्षीय संदिप सिंह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा अतुलको साथबाट ५ सय दरको २ सय थान भारतीय नोट र संदिपको साथबाट ५ सय दरको २ सय १७ थान भारतीय नोट तथा १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई बरामद नोट सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


