राष्ट्र बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी ६३ जना कर्मचारीको माग गरेको हो ।
बैंकमा ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना र ३० जना कार्यालय सहयोगी बैंकले माग गरेको हो । आवेदन दिन इच्छुक आवेदकले साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।


हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


