प्रधानसेनापति थापाले रथी शर्मालाई गरे सेनाको कमाण्ड हस्तान्तरण
२५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति थापा आजबाट अनिवार्य घरबिदामा बसेका छन् । उनी बिदामा बसेपछि भोलिबाट रथी प्रभुराम शर्मा नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकिइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भोलिबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकिसकेकी छिन् ।


हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


