कक्षा ८ देखि १२ सम्मको कक्षा आइतबारदेखि संचालन गर्ने वीरगन्ज महानगरको निर्णय
विरगंज ।
विरगंज महानगरपालिका भित्र रहेका कक्षा ८ देखि १२ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयहरू आउँदो आइतवारदेखि खुल्ने भएका छन् ।
वीरगञ्ज महानगरपालिकाले आइतवारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । महानगरपालिकाले बुधबार आयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न महानगर नेतृत्वलाई आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताए । महानगरपालिकाले यसअघि गरेको निर्णय ठिक भएपनि जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय संचालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।
बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अहिले वीरगन्जको अवस्था सामान्य भएकोले स्वासथ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने बताएका थिए । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाको तर्फबाट चाल्नुपर्ने सबै कदमहरु समय परिस्थिति अनुसार नै चाल्दै आएको बताउदै यसअघि असार १५ गतेदेखि महानगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु संचालन गर्ने निर्णय डीसीसीएमसीले नरोकेको भए अहिले वीरगन्जको शैक्षिक क्षेत्र निकै सुधार भईसक्थ्यो भन्ने विचार व्यक्त गर्नुभयो । जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रलाई गृहमन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउदै महानगर प्रमुख सरावगीले आफुले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आफु लागेको जानकारी दिनुभयो ।
महानगरपालिकाले गरेको निर्णयमा वीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरुको संगठन, सामुदायिक विद्यालयहरुको संगठन तथा सरोकारवाला पक्षहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेपछि महानगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन संचालन गर्ने निर्णय गरको महानगर प्रमुख सरावगीले बताउनुभयो ।
बैठकमा महानगर प्रमुख सरावगी सहित, शैक्षिा प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा समाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


