आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने
२९ साउन । अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलमा भौतिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


