अफिमसहित एक पक्राउ
३० साउन: सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाइलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाइको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।-
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


