संयोजकमा लंका बहादुर हमाल चयन
नेकपा एकीकृत समाजवादी कपिलवस्तुको नेतृत्व लंका बहादुर हमालले गर्नुहुने भएको छ । शनिबार जिल्लाको वाणगंगा नगरपालिकामा बसेको बृहत अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला अधिवेशन आयोजक सम्मेलन घोषणा गरेको हो ।शिवराज नगरपालिका चन्द्रौटा निवासी हमाल तत्कालिन एमाले पार्टीको जिल्ला नेता हुनुहुन्थ्यो । जिल्लाको पश्चिमी क्षेत्रमा रहेर कम्युनिष्ट आन्दोलनमा काम गर्दै आउनुभएका हमालले त्यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्दै आउनुभएको छ ।
जिल्लाभरबाट आएका माधव नेपाल पक्षिय अगुवा नेता तथा कार्यकर्ताले हमाललाई सर्वसम्मत रुपमा जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । सर्वोच्च अदालतले नेकपा विघटन गरेर पूर्ववत एमालेमा फर्कन आदेश दिएपनि पार्टी भित्रको अन्तर संघर्षको कारण एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० गठन हुन पुगेको हो ।
माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले बैधानिकता पाउने चरणमा रहे पनि कपिलवस्तुमा त्यस अगावै नयाँ नेतृत्व बनेको हो । दक्षिणपन्थी भासमा जान थालेको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्दै देशलाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउनका लागि आफुहरु एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको नव गठित जिल्ला कमिटीका अध्यक्ष हमालले बताउनुभयो ।पार्टी भित्र गम्भीर मतभेद देखा परेसंगै कम्युनिष्ट आन्दोलन नै समाप्त हुने दिशामा पुगेको बेला आफुहरुले नयाँ पार्टीको रुपमा एकीकृत समाजवादी गठन गर्नुपरेको उहाँले बताउनुभयो । जिल्लामा आफुहरुको स्थान अग्रपंक्तिमा रहेको भन्दै कार्यकर्ताको बीचमा गएर पार्टीलाई थप मजवुत बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभाको क्षेत्रिय इन्चार्ज पनि तोकेको छ । जस अन्तरगत प्रतिनिधिसभा क्षेत्र नं। १ मा नेत्रलाल खनाल, प्रतिनिधिसभा क्षेत्र नं। २ मा दिनेश श्रेष्ठ र प्रतिनिधिसभा क्षेत्र नं। ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा ९एकीकृत समाजवादी० पार्टीले जनाएको छ । पार्टीले औपचारिक रुपमा बैधानिकता पाएपछि जिल्ला अधिवेशन मार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


