कक्षा १२ को परीक्षा छिटो लिन निर्देशन, दशैं अगावै सक्ने तयारी
काठमाडौं, ८ भदौ । कक्षा १२ को स्थगित परीक्षा दशैं अगावै हुने भएको छ । यसका लागि सरकारले तयारी गरिरहेको छ । कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीहरुले धमाधम खोप लिइरहेका र सकिएपछि सञ्चालनको तयारी भएको हो ।
आज संसदीय समितिले जतिसक्दो छिटो भौतिक रुपमा परीक्षा लिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले शिक्षा मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको हो ।
यसअघि समितिमा परीक्षा स्थगित गरिएकोमा सांसदहरुले सरकारको आलोचना गरेका थिए । संसदीय समितिको निर्देशन आउँदा सरकारले आवश्यक तयारी गरिरहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार होम सेन्टर वा पायक पर्ने सेन्टरमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी दशैं अगावै परीक्षा सञ्चालनको तयारी भइरहेको छ । परीक्षा भौतिक रुपमै सञ्चालन गरिने बुझिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


