तस्बिरमा हेर्नुहोस काबुल विमानस्थलमा भएको विष्फोट
११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेकबो संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो ।
काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको मृत्यु भएको बताइएको छ ।
उक्त घटनामा घाइतेहरूको सङ्ख्या १५० भन्दा बढी पुगेको बताइएको छ । मृत्यु हुने अफगानीमध्ये कम्तीमा २८ जना तालिबानका सदस्य रहेको जनाइएको छ । तालिवानले यस घटनाको निन्दा गर्दै उक्त घटनामा संलग्न रहेको दोषीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।









–Photo Source : Aljazeera
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


