काँग्रेस नेता गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्ने
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले आज पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुहुने भएको छ ।
लामो समयदेखि सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै आउनु भएका गुरुङ्ले आज औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।
पार्टीको नेतृत्वमा युवाको उपस्थीति हुनुपर्छ भन्ने मुख्य नाराका साथ उहाँले काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत रहनु भएका गुरुङ् बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता मानिनुहुन्छ ।
उहाँलाई पौडेल पक्षका नेताहरुले खुलेरै विरोध नगरेपनि उम्मेदवारी नदिन अप्रत्यक्ष रुपमा दवाव दिएको बताइएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


