स्वास्थ्यकर्मीलाई तिरस्कार गर्दै बुद्धभुमिमा दरपान

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्यकर्मि लाई तिरस्कार गर्दै दर खाने कार्यक्रम सम्पन्न भएको छ । पालिकामा कार्यारत निजामति कर्मचारीले दर खाए पनि स्वास्थ्य संस्थामा काम गर्ने महिला कर्मचारी लाई निम्तो दिईएको थिएन । ज्यानको जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मी लाई अपमान गर्दै कार्यक्रम गरिए पछि उनिहरुमा निराशा छाएको छ ।
दरखाने कार्यक्रममा नगरप्रमुख केशव कुमार श्रेष्ठ , वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत सहभागी भएका थिए । हामी पनी निजामति कर्मचारी थियौ तर निम्तो दिनु भएन । पैसा मात्र ठुलो कुरा नभई इज्जत पनि ठुलो कुरा हो । पालिकाले त्यो देखाएन नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मिले बताउनु भयो । हामिलाई नगरले मात्र होईन वडा पनि तिरस्कार गरेको छ उहाँले भन्नुभयो यो कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर काम गर्यो तर नगर वडा ले पटक पटक यस्तो व्यवहार देखाउने गरेको छ ।
स्वास्थ्य कर्मी निरास भए पछि पालिका भित्र खलवल मच्चिएको थियो । यता प्रशासकिय अधिकृतले उनिहरु सम्मान गर्नुको साटो संकृणताले संकुचन ल्याउछ यती चाहिँ हेक्का होस भनी उल्टै फेसबुकमा स्ट्याटस लेखेका छन् । यसै विषयमा वुझ्न खोज्दा सुचना अधिकारीको फोन अफ छ भने प्रमुख प्रशासकिय अधिकृतले फोन उठाएका छैनन् ।

TOP