युवासंघको भेलालाई सम्बोधन गर्दै ओली
भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष युवा संघको भेलालाई सम्बोधन गर्न पुगेका छन् । राष्ट्रियसभा गृहमा आयोजित सभामा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओली पुगेका हुन् । अहिले युवा नेता महेश बस्नेतले सम्बोधन गरिरहेका छन् । उनले सरकार गठन भएको ५५ दिन हुँदासमेत सरकारले पूर्णता पाउन नसकेको टिप्पणी गरे । उनले युवा संघको कार्यक्रम अब राष्ट्रिय सभाको हल साँघुरो भएको सुनाए ।
उनले काम गर्न नसक्ने तर मुखमात्रै बोल्ने सरकार अहिले मुलुकले पाएको टिप्पणी गरे । तर, यसअघि आफ्नो पार्टीका अध्यक्ष ओली सरकारको प्रमुख हुँदा द्रुत गतिमा काम भएको पनि स्मरण गराए । उनले भने,‘केपी ओलीको सरकार विकास नै विकास, समृद्धि नै समृद्धिको ढंगले अघि बढ्यो, शेबरहादुर देउवाले दुईवटा मात्रै उद्घाटन गर्नुभयो, एउटा ललितपुरको कुम्भेश्वर मन्दिर, अर्को कांग्रेसको वडा अधिवेशन भक्तपुरमा उद्घाटन गर्नुभयो ।’
भेलालाई अहिले केहीबेरमै अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


