पञ्जशिर कब्जा गरेको तालिवानको दाबीलाई एनआरएफद्धारा खण्डन
भदौ । तालिवानले अफगानिस्तानको पञ्चशीर प्रान्त कब्जा गरेको दाबीलाई नेश्नल रेसिस्टेन्ट फ्रन्ट(एनआरएफ)ले खण्डन गरेको छ । एनआरएफले त्यस क्षेत्रमा लडाई जारी रहेको बताएको छ । उक्त विषयलाई एनआरएफले सामाजिक सञ्जालमार्फत जानकारी गरेको हो ।
एनआरएफको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘पञ्जवशिरमाथि तालिवानले कब्जा गरेको दाबी गलत हो । पञ्जशिरको विभिन्न स्थानमा हामीले आफ्नो फोर्स खडा गरेको छौँ । अफगानी नागरिकको न्यान र स्वतन्त्रताका लागि हाम्रो लडाई जारी रह्ने छ ।’ तालिवानले आज पत्रकार सम्मेलनको आयोजना गरेरे पञ्जशिरमाथि नियन्त्रण गरेको औपचारिक घोषणा गरेको थियो । तर, उक्त विषयलाई एनआरएफले खण्डन गरेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


