कपिलवस्तुमा झाडापखाला प्रकोप,६ सय बढी बिरामी

कृष्णनगर,कपिलवस्तु २१ असोज
जिल्लाकाे कृष्णनगर क्षेत्रमा अहिले झाडापखालाकाे प्रकाेप बढदै,६ सय बढी विरामी । प्रकाेप फैलिएकाे अाज पाचाै दिन साझा ४ बजे सम्मा विरामीकाे संख्यामा बृद्धि भई रहेकाे अस्पताल प्रशासनले जनाएकाे छ । विहिवार विहाना ८ बजे सम्मा ३७० जना विरामी अस्पतालकाे सम्पर्कमा आए पनि साझा ५ बजे सम्मा ४३० विरामी पुगेका छन । अन्य स्थानिय मेडिकल,क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गराएका र गराईरहेका बिरामीहरुको सख्या १ सय ५० नाघेकाे छ ।

५ दिन देखिको यो प्रकोप रोकिएको छैन । गत अाइतवार साझा वाट फैलिएको झाडापखलाका बिरामीहरु अहिले अस्पताल तथा निजि क्लिनिकमा उपचारत छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा वेड अपुग भएपछि नजिकै रहेका श्रीराम गाेरखा मा.वि.काे फिल्डमा बिरामीहरुकाे उपचार भइरहेको छ ।

राम गोरखा माविमा अहिले ३० जना र शिवराज अस्पतालमा ५२ जना बिरामीकाे उपचार भइरहेको छ । शिवराज अस्पतालकाे सम्पर्कमा अाएकाे ४ सय ३० जना मध्धे अहिले ८२ जना अस्पतालमा उपचारत रहेका छन् । ३४ जनालाई जिल्ला अस्पताल र प्रदेशिक अस्पताल रिफर गरिएकाे छ भने विहिवार साझा ५ बजे सम्मा ३ सय १४ जना विरामी डिस्चर्ज भएकाे डा.मुकेश चाैधरीले जनाएका छन ।

बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा,जवाभारी लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ ।
अहिले यस अस्पतालमा ७ जना डाक्टरहरूले उपचार गरिरहेका छन् । यस प्रकोपका कारण दुई जनाको ज्यान गएको थियो । दिशा र पानीको परिक्षणको रिपोर्ट अझै आइ नपुग्दा कारण भने पत्ता लागेको छैन ।

चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

TOP