अरिङ्गालको टोकाईबाट ९ जना घाइते, ३ को अवस्था गम्भीर
सचिन बोहोरा ।
शितगंगा नगरपालिकाको वडा नम्बर २ सितापुरमा अरिङ्गालको टोकाइ बाट ९ जनाघाइते भएको छन । आइतबार दिउसो खेतमा धान काटिरहेको समयमा रिङ्गालले टोक्दा उनिहरु घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
घाइते मध्ये ३ जना गम्भिर रहेका र उनिहरुलाइ थप उपचारको लागि बुटवल रिफर गरिएको छ । घाइते मध्ये किरण क्षेत्री ,करिना क्षेत्री र सन्जु क्षेत्री लाई थप उपचारको लागि रिफर गरिएको हो । बाँकी ६ जनाको स्थानिय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam