विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री राई
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्। मुख्यमन्त्रीको मंगलबार शपथग्रहणपछि राईले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
मुख्यमन्त्री राईले २३ गते नभए २५ गते विश्वासको मत लिने बताए। उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताए। ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं,’ उनले भने, ‘त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ। त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं।’
मुख्यमन्त्री राईले दुई वटा सरकारले राख्न नसकेको प्रदेशको नाम आफ्नो कार्यकालमा राख्नेसमेत बताए।
मुख्यमन्त्री राईसँगै मंगलबार ४ जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए।
नेपाली कांग्रेसका उपनेता हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री, प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री, नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजनामन्त्री, जसपा नेता जयराम यादव सामाजिक विकासमन्त्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकासमन्त्री नियुक्त भएका थिए। बाँकी मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री राईले बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam