कपिलवस्तु वाणगंगामा ३१ जना जुवाडे पक्राउ
वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा ठूलो संख्याका जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्दै सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले जुवाका दुई खालमा गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको हो ।
वाणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मायादेवी अनलाइनलाई प्राप्त जानकारी अनुसार तिनैयाबाट ७६ हजार र बैरियाबाट ५ लाख ४२ हजार बढीको रकम समेत जुवा खालबाट प्रहरीले बरामद गरेको छ ।
तिहारको अवसर पारेर वाणगंगा क्षेत्रमा जुवा खेलिदै आइएको छ । यद्यपि जुवातास खेल्नु कानुनी हिसाबमा अवैध मानिन्छ । अझ संगठित रुपमा खेलिने जुवालाई प्रहरीले निस्तेज पार्न विभिन्न प्रयास गर्दै आएको छ ।
जुवाखालबाट पक्राउ परेका जुवाडेलाई प्रहरीले हिरासतमा राख्छ, या छाड्छ थप विवरण आउन आएको छैन् ।
तस्बीर फाइल
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam