लायन्स क्लब अफ शिवराजद्वारा राहत वितरण
राम अवतार चाैधरी, चन्द्रौटा । लायन्स क्लब अफ शिवराजले कपिलवस्तुको एक विपन्न परिवारलाई राहत वितरण गरेकाे छ । जिल्लाको शिवराज-३, साेनबर्षीमा रहेकाे विपन्न परिवारलाई राहत वितरण गरिएकाे शिवराजले जनाएको छ ।
चाँड पर्वकाे बेला कसैले भाेकाे बस्न नपराेस् भन्ने उद्देश्यले लायन्स क्लबले विपन्न परिवारलाई १ बाेरा चामल, २ किलाे नुन, २ लिटर खाने तेल र २ किलाे दाल शुक्रबार हस्तान्तरण गरिएकाे क्लबका अध्यक्ष कमल पाण्डे बताए । आर्थिक अवस्था कमजाेर रहनुका साथै घरमा कमाउने मान्छे नभएकाेले श्रीमानकाे क्रिया खर्च समेत जुटाउन नसक्ने भएकाले केही मात्रामा भए पनि टेवा पुग्ने उनले जनाए ।
विगत एक महिना देखि भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा कार्तिक ९ गते श्रीमानकाे मृत्यु भएकाे थियाे । ३२ बर्षिय सुघरी केवटकाे जस्तापाताले छाएकाे झुप्राेमा २ वटा सानासाना बच्चा सहित बसाेबास गर्दै आएकी छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam