कपिलवस्तुका ६ स्थानीय तहमा हैजा फैलिदा ६ को मृत्यु
कपिलवस्तु ।
कपिलवस्तुको ६ स्थानीय तहमा हैजा फैलिएको छ । जसले गर्दा ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका,महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका,विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका हैजा फैलिएको पुष्टि गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला खुल्ला दिशामुक्त भए पनि जनचेतनाको कमीले यो महामारी फैलिएको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले जनाएका छन् । हैजा बाट बच्न सरसफाइ,खुल्ला चौरमा दिशा पिसाब,केही खानु भन्दा अगाडी साबुन पानीले राम्रो सँग हात धोएर मात्र खान र पानी तताएर पिउन नगरप्रमुख शाहले मिडिया मार्फत अनुरोध गरेका छन् ।
हैजा फैलिएको १ महिना ५ दिन भई सक्दा पनि शिवराज अस्पतालमा दैनिक ५ देखि १० बिरामी पुगी रहेको तथ्याङ्क छ । अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ । यसलाई पूर्ण नियन्त्रण गर्न गाउँ गाउमा सचेतना कार्यक्रम,र्याली,सडक नाटक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने स्थानीयको बुझाई छ । हैजा नियन्त्रण नभएपछि सरकारले खोपको तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन मार्फत ढाई लाख खाेप ल्याउने तयारी गरिएको जनाइएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam