विश्वमै कम समयमा जन्मिएका शिशु, जसको तौल जन्मिँदा आधा किलो पनि थिएन
काठमाण्डाै – अमेरिकामा १६ महिना अगाडि जन्मिएका एक बालकलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ ।
जन्मिँदा ती शिशुको तौल आधा किलोभन्दा कम थियो । कर्टिस मिन्सको जन्म १६ महिनाअघि अलाबामामा भएको हो । त्यतिबेला उनको तौल ४२० ग्राम मात्र थियो। गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ ।
सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ । तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए । उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ तारिखमा प्रसव पीडा सुरु भएपछि अस्पताल पुर्याइएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीआस्यालाई जन्म दिइन् । तर अर्को दिन सीआस्याको ज्यान गयो ।
समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ । यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन् । कर्टिसलाई सुरुमा सघन उपचारमा राखियो । तीन महिना पछि उनलाई भेन्टिलेटरबाट निकालियो र २ सय ७५ दिन अस्पतालमा बसेपछि गएको अप्रिल महिनामा उनलाई घर पठाइयो ।
कर्टिसलाई अझै पनि थप अक्सिजन र खाना खुवाउनका लागि ट्युबको आवश्यकता पर्छ । डाक्टरहरुकाअनुसार उनको स्वास्थ्य राम्रो छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam