युवा अमन सामाजिक विकास केन्द्रद्धारा २१ जना स्वास्थ्यकर्मीलाई सम्मान

शिवराज अनलाइन, चन्द्रौटा ।

युवा अमन सामाजिक विकास केन्द्रले २१ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । झाडापखलाको महामारीमा खटिएको भन्दै स्वास्थ्यकर्मीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सस्थाका संरक्षक दिपक शुक्ला लगाएत स्थानिय समाजसेविहरुको सहभागिता रहेको थियो ।

विगत केहि महिना देखि निरन्तर जोखिम मोल्दै नागरिकहरुको स्वास्थ्य उपचारमा लागेकोले सम्मान गरिएको युवा अमन सामाजिक विकास केन्द्रका अध्यक्ष वदरे आलम शाहले बताउनुभयो ।

TOP