१० औँ राष्ट्रिय महाधिवेशन सफल पार्न प्रभातफेरी कार्यक्रम सम्पन्न

घनश्याम भर, विजयनगर (कपिलवस्तु )

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे १० औंँ राष्ट्रिय महाधिवेशन सफल पार्न प्रभातफेरि कार्यक्रम सम्पन्न गरेकाे छ । यही मंसिर १० शुक्रबारदेखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न मंसिर १० गते मध्यान्ह १२ बजे चितवन जान अनेरास्ववियु कपिलवस्तुले आग्रह गरेकाे छ ।

अनेरास्ववियुले एमाले निकट भातृ संगठनका नेता, कार्यकर्ता लगायत सम्पूर्ण इच्छुक, समर्थकहरूलाई राष्ट्रिय महाधिवेशनमा सहभागीता जनाउन अपिलसमेत गरेकाे छ । अनेरास्ववियुले आज (मंगलबार) जिल्लाका विभिन्न क्याम्पसहरुमा झण्डा र व्यानर प्रदर्शन गर्दै माेटरसाइकल र्‍यालीसमेत गरिएको अनेरास्ववियु कपिलवस्तु कमिटीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।

चारनम्बरबाट सुरू गरिएकाे माेटरसाइकल र्‍याली तौलिहवा हुँदै गोरुसिङ्गे, बोडगाउँमा आएर सम्पन्न गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । माेटरसाइकल र्‍यालीमा अनेरास्ववियु जिल्ला इन्चार्ज लेखनाथ खनाल, केन्द्रीय सदस्य अजय चाैधरी, इन्दिरा पाैडल, अनेरास्ववियुका नेताहरू दयाराम पाैडेल, अंजित खनाल, रतन वि.क.लगायतकाे उपस्थितिमा रहेकाे थियाे ।

TOP