जोकोहि खोलामा मापदण्ड विपरित उत्खनन्
कपिलवस्तु । शिवराज नगरपालिका वडा ९ मा रहेको जोकोहि खोलामा मापदण्ड विपरित नदिजन्य सामाग्री उत्खनन् गरिएको छ । मंसिर १६ गते सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायस केहि दिनमै मापदण्ड विपरितका औजार प्रयोग गरि नदिजन्य सामाग्री उ्रत्खनन भएको स्थानियले बताएका छन् ।
उक्त खोलामा दुई दिन सम्म औजार प्रयोग गरि उत्खनन भएको र अहिले भने औजार हटाइएको बताइएको छ । सुरुमै मापदण्ड विपरित विभिन्न मेसेनरी औजार प्रयोग गरेपछि आगामि दिनमा त्यसको काम प्रति प्रश्न उठेको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलावाट ४५ सय घटमिटर मात्र निकाल्न पाईने छ ।
ठेकेदार कम्पनीले उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयवासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशङ्का रहेको स्थानीयवासीको भनाइ छ । ठेकेदार कम्पनीले आफूहरुले सम्झौता र मापदण्ड विपरीत उत्खनन नगरेको दाबी गरेको छ । साभार : प्रेसपाटी
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam