राप्रपा कपिलवस्तु बैठकः पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने
कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको छ । यही पौष २७ गते उक्त दिवस मनाउन लागिएको राप्रपाले जनाएको छ ।
पृथ्वी नारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउनका लागि राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा १ सय ५१ सदस्य मुल समिति गठन गरेको बताइएको छ । आइतबार तौलिहवाको सिँचाई विभागको हलमा बसेको राप्रपाको बैठकले उक्त समिति गठन गरेको हो ।
साथै बैठकले केन्द्रीय एकता महाधिवेसनमा निर्वाचित केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनसहित जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्य ध्रुव बहादुर रायमाँझी र प्रमोद मिश्रलाई फूलमाला र खादाले सम्मान गरिएको छ ।
त्यस्तै महाधिवेसनबाट पास गरिएको हिन्दु तथा राजसंस्था पुनःस्थापना र भ्रष्टचार विरुद्धको जनचेतना अभियान सम्पूर्ण स्थानीय तहमा गर्ने निर्णयसमेत गरेको लुम्बिनी प्रदेश सदस्य सहिद अहमद शाहले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश सदस्य शाहले अबको दिनमा सबैको आशा र विश्वास राप्रपा माथि रहेको बताउनु भएको छ ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam