१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो । नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।
यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam