नेकपाका महासचिव विप्लवद्धारा नीलकण्ठ भुसाललाई श्रद्धाञ्जली
कपिलवस्तु । नेकपाका केन्द्रीय सदस्य भेषराज भुसाललाई पितृशोक परेको छ । शिवराज ३ खरेन्द्रपुर निवासी भुसालका ९३ वर्षीय बुवा नीलकण्ठ भुसालको बुधबार साँझ उहाँकै निवासमा मृत्यु भएको परिवारले जनाएको छ ।
मृतक नीलकण्ठ भुसालको पार्थिव शरीर आज बिहान शिवराज स्थित बेल खोलामा अन्तिम संस्कार गरिएको जनाइएको छ । नेकपाका महासचिव विप्लवले अन्तिम संस्कारका क्रममा मृतकप्रति श्रद्धाञ्जली र नेकपा नेता भेषराज लगायत शोक सन्तृप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
विप्लवले सामान्य परिवारमा जन्मिएर पनि सन्तानलाई शिक्षा दीक्षा प्रदान गर्न, समाजसेवा, राजनीति जस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसाल जस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसा गर्नुभयो । जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि उहाँको निरन्तर महत्वपूर्ण साथ सहयोग रहेको विप्लवले स्मरणसमेत गर्नुभयो ।
भुसालको संस्कारमा नेकपाका केन्द्रीय सदस्यहरू कृति, विजय, सञ्जीव कुमार, जुझारुका साथै नेकपा कपिलवस्तुका नेता, कार्यकर्ता, आफन्तजन र सर्वसाधारणसहित ठूलो सङ्ख्यामा सहभागिता थियो । १९८६ सालमा साबिक अर्घाखाँची जिल्ला नुवाकोट गाविस वडा नं. ३ मा नीलकण्ठ भुसालको जन्म भएको थियो । भुसालका तीन छोरा र तीन छोरी छन् । नेकपा नेता भेषराज नीलकण्ठ जेठा छोरा हुन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam