प्रधानसेनापति शर्मा उपचारका लागि भारत जाँदै
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को पुस १५ गते बैठकले शर्माको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam